१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भालु आतंकले ताप्लेजुङ त्रसित : किसानको क्षति विवरण संकलन, राहत पाउने बाटो खुल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ र १० मा भालुले पशु चौपायामा गरेको क्षतिको विवरण संकलन गरी कानुनबमोजिम सम्बन्धित निकायबाट राहत उपलब्ध गराउन पहल गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहलसहित रोकथाम तथा नियन्त्रणका लागि तीन वटा महत्त्वपूर्ण निर्णय गरेको हो।

प्रजिअ सेढाईंका अनुसार भालुको आक्रमण नियन्त्रणका लागि फुङलिङ नगरपालिकासहितका सबै स्थानीय तह, डिभिजन वन कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयबासीहरुले जिल्लास्थित सुरक्षा निकायको समन्वयमा नियन्त्रणका लागि कार्ययोजना बनाई सबै उपाय अवलम्बन गर्ने निर्णय भएको छ।

यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायको समन्वयमा जन तथा पशुधनको सुरक्षाका लागि नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने निर्णय भएको प्रजिअ सेढाईंले जानकारी दिए। विगत केही साता यता हाङदेवा र फुरुम्बुमा गरी ८ घरधुरीका १३ वटा पशु चौपायामा भालुले आक्रमण गरी क्षति पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ।

भालुको सम्भावित आक्रमणविरुद्ध साइनर प्रयोग गर्ने देखि सम्भावित नाकाहरुमा ठुलो प्रकृतिको विद्युत् बत्ती बाल्ने सम्मका विषयलाई नियन्त्रणको रूपमा उपयोग गर्न सकिने बारेमा समेत छलफल भएको प्रजिअ सेढाईंले जानकारी दिए।

प्रकाशित: १२ पुस २०८२ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App