२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

एसजी ग्लोबल एप्पलको आधिकारिक प्रतिनिधि

काठमाडौं– शंकर समूह अन्तर्गतको एसजी ग्लोबल प्रालि नेपालका लागि अमेरिकी कम्पनी एप्पलको आधिकारीक प्रतिनिधी नियुक्त भएको छ। कम्पनीले पहिलो चरणमा एप्पलका टिभी, आइपड, ल्यापटप, पेनड्राइभ लगायतका उपकरणको बिक्री वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ। सोमबार कम्पनीले नक्सालस्थित ‘वान स्टोर' बाट यी उपकरणको बिक्री सुरु गरेको छ।एप्पलको आइफोन तथा आइप्याड पनि छिट्टै ल्याइने जानकारी विज्ञप्तिमार्फत दिइएको छ। एप्पलको मुख्यालयबाटै कम्पनीले नेपालको आधिकारिक प्रतिनिधिको रुपमा काम गर्ने इजाजत पाएको पनि विज्ञप्तिमा छ। पहिलो चरणमा विद्युतीय उपकरणको सोरुम स्थापना गरेको कम्पनीले यसलाई काठमाडौं उपत्यका बाहिर पनि विस्तार गर्ने जनाएको छ। नेपालमै एप्पलको आधिकारिक प्रतिनिधि भएपछि अनधिकृत उत्पादन खरिदबाट उपभोक्ता मूक्त हुने विश्वास कम्पनीले गरेको छ। कम्पनीले नेपालमा आधिकारिक रुपमा तोकेको मूल्यअनुसार म्याकबुकलाई एक लाख २५ हजारदेखि दुई लाख ४० हजार रुपैयाँसम्म पर्नेछ। आइपडको मूल्य सात हजारदेखि ४४ हजार रुपैयाँसम्म कायम गरिएको छ। एसजी ग्लोबलले उपभोक्तालाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी रुपले समेत एप्पलका उपकरण बिक्री गर्ने जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७० २१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App