विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि चलेको यो महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सञ्चालन हुने भएको छ।
सुरुमा बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गर्नेछ। त्यसपछि सात प्रदेश, काठमाडौं उपत्यका र भ्रातृ/शुभेच्छुक/जनसम्पर्क समितिका गरी नौ छुट्टाछुट्टै समूह बनाएर नीति, नियम, विधान र हालका राजनीतिक घटनाक्रमबारे गहन छलफल हुनेछ।
बन्दसत्रले राजनीतिक एवं नीति पारित गर्ने र हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।
बन्दसत्रको अध्यक्षता पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन्।
प्रकाशित: २८ पुस २०८२ ०९:०३ सोमबार





