गत वर्षको क्यान सफ्टेकमा ४५ हजार अवलोकनकर्ता आएकामा यसपटक १ लाख हाराहारी पुग्ने आयोजकको अनुमान छ। सफ्टेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ। टिकट अनलाइनबाट पनि लिन सकिने व्यवस्था गरेको क्यानका अध्यक्ष इन्जिनियर विनोद ढकालले बताए।
सफ्टेकमा के छन् अफर?
सुबिसुले मेलामा इन्टरनेट, आइपी ट्रान्जिट, डाटा सेन्टर सोलुसन्स् र केबल टेलिभिजनको प्याकेजमा विषेश छुट दिने तयारी गरेको छ। त्यस्तै क्यान सफ्टेक २०१३ मार्फत म्यानेज्ड भिडियो प्रेजेन्स र म्यानेज्ड होस्टिङ सेवासमेत सुरु गर्दैछ। डिसहोमले दसैअघि नै एचडी तथा एक्सक्लुसिभ च्यानल वितरण र मल्टी टिभी अफरअर्न्तगत एकै घरमा एउटाभन्दा बढी टेलिभिजनमा डिस होमको सेवा जडान गरी टिभी हेर्न मिल्ने सुविधा सुरु गर्ने जनाएको छ। त्यस्तै ब्रेनडिजिट आइटी सोलुसन्स्ले आफूले तयार गरेको डट नेट सिएमएस सेजफ्रेमको प्रयोग गरी नयाँ वेबसाइट बनाउने तथा वेबसाइटको कन्टेन्ट सहज व्यवस्थापनसम्बन्धी तरिका प्रदर्शन तथा सोसम्बन्धी जानकारी प्रदान गर्नेछ। फोन पे प्रालिले सफ्टेकमा आफ्नो नयाँ प्रडक्ट क्यास अन एड सुरु गर्ने तयारी गरेको छ। त्यस्तै नेक्स्ट जेनेरेसन टेक्नोलोजीले क्लाउड सर्भिलेन्स सेवा सुरु गर्नेछ।
त्यस्तै वेब सर्फरले ५१२ केबिपिएसको वायरलेस इन्टरनेट ४ सय ९५ रुपैयाँमा र अन्य इन्टरनेट प्याकेजसमेत विशेष छुटमा उपलब्ध गराउने योजना बनाएको छ। त्यस्तै मिदास एजुकेसनले एन्ड्रोइड बेस्ड इ–क्लास र अनलाइन इ–क्लास सुरु गर्ने जनाएको छ। भायनेट कम्युनिकेसनले ६ हजार ९ सय ९९ रुपैयाँमा १ एमबिपिएसको फाइबर टु होम इन्टरनेट सेवा तीनमहिनाको लागि उपलब्ध गराउनुका साथै जडान शुल्कमा ३० प्रतिशत छुट दिने तयारी गरेको छ।
प्रकाशित: ३१ श्रावण २०७० २०:०२ बिहीबार





