भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपानै सर्वसम्मत चयन भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको ३८ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्ष चयन भएका हुन् ।
अध्यक्षमा सर्वसम्मत भए पनि उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदहरुमा निर्वाचन हुँदैछ । महासचिवमा वर्तमान महासचिव नवीन प्रजापति र रुकेस रञ्जित दुई जनाले उम्मेद्वारी दिएका छन् । यस्तै कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखू दुई जना प्रतिस्पर्धामा छन् । साथै उपाध्यक्ष वस्तुगतमा पनि महेन्द्र खायमली र विश्वराम दुवाल दुईजना प्रतिस्पर्धामा छन् ।
साथै ११ जना कार्यसमिति सदस्य रहनेमा १२ जनाको उम्मेदबारी परेको छ । यी पदहरुमा शुक्रबार रातिसम्म सहमति नभए शनिबार निर्वाचन हुने कार्यतालिका छ । यसअघि साधारणसभा तथा महाधिवेशनको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले गरेका थिए ।
प्रकाशित: २५ पुस २०८२ १८:०० शुक्रबार





