२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

हर्क साङपाङ भन्छन्: पूराना देश भत्काउने र नयाँ जलाउने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् । उनले पुराना र नयाँ दुवैको नियत ठीक नभएकाले गर्दा श्रम संस्कृति पार्टीसँग डराएर मोर्चाबन्दी गरेको बताए ।  

‘पुराना दलहरु मानव तस्कार, टनकपुर बच्ने,  गिरीबन्धु काण्ड, मानव तस्कार, क्वीन्टलका क्वीन्टलका सुन तस्कार गर्ने, ललिता निवास जस्ता काण्डमा छुछिएका छन,’ इटहरीमा शुत्रबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ्ले भने, ‘पुरानाले घरको झ्याल ढोका भत्काइ रहेको छ । नयाँले आगो लगाएर फेदैबाट सखाप पारिरहेको छ ।’ उनले पुराना र नयाँ दुवैबाट देशलाई हितकारी नहुने बताए ।  

‘पुराना एमाले, कांग्रेस र नेपाली कम्यूनिष्ट पार्टी अरे,  कुनैले चाँहि मखुन्डो फेरेको फेरै तर मान्छे चाँहि उही पुरानौ छ,’ उनले भने, ‘यतिबेला पुराना दलहरु संसद पुर्नःस्थापना मात्र होस् । नयाँलाई तलाई पख, मात्र भनीरहेका छन् । नयाँ गठबन्धन गरेकाहरु पनि चुनाब होस् अनि तिमीलाई देखाउँछौं भनेर पुरानालाई भन्दैछन् । भिजन केही छैन् ।’ उनले सरकारमा अब पुराना हुन वा नयाँ गठबन्धन गरेका दलहरु पुगेपनि प्रतिसोध साध्ने मात्र काम हुने जिकिर गरे ।  

‘दुवैले लिस्ट तयार गरि रहेका छन् । यो देशमा गल्ती गर्नेलाइ कारबाही हुनुछपर्छ, यो देशमा प्रतिसोध चाहिएको हो कि प्रगति चाहिएको हो,’ उनले भने, ‘देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्रै हो ।’

जन्म भएका डेढ महिनामै ठूल्ठूला दलको धोती खुस्किने गरि श्रम संस्कृति पार्टीले अभियान सञ्चालन गरि रहेको उनले दावी गरे ।  ‘नयाँ र पूराना दुवै गठबन्धन बनाएर चुनाब लड्ने अरे, हामी पछि हट्नेवाला छैइन,’ उनले भने, ‘मनभित्र माया गर्ने मान्छेको हामीलाई समर्थन हुनेछ ।’

उनले बिग्रिएको देशलाई श्रम संस्कृति पार्टीले मात्र बनाउन बताए । ‘हामी बिग्रिएको देशलाई बनाउन चाहन्छौं । जलेको देशलाई पुर्नःस्थापना गर्न चाहन्छौं,’ उनले भने ।  उनले आफू नेपालीलाई साँचो कुरा बोल्न सिकाउन आएको र समाजलाई उठाउन आएको जिकिर गर्दै साँचो कुरा बोल्ने साहस गर्न सवैलाई आह्वान गरे ।  

‘साँचो कुरा गर्दा बिरोध गरेको ठान्नेहरुलाई म यो देशलाई माया गर्न चाहन्छु । तीन करोडमा एक करोड त मेरो पनि बिरोधी होलान । मैले पनि ढुंगा, माटो अनि हिमाललाई मात्र माया गरेर हुँदैन् । मेरा विरोधीलाई पनि माया गर्नेछु,’ उनले भने ।  

दुई हातले मलेसिया, साउदी र कतार बन्दा नेपाल बन्न नसक्नुमा काम गर्न दिने वातावरण नभएको जिकिर गरे । ‘दुई हातका कारण खाडी मुलुकलाई विकसित बनाइ रहेको छ । आफनै देशलाई किन विकसित बनाउन सकेन् । हामीलाई दुईवटा हात चलाएर कामै गर्न दिइएन,’ धरान उपमहानगरपालिकाका मेयर समेत रहेका उनले भने, ‘मैले ढुंगा बोक्दा र विरुवा रोप्दा समेत मुद्दा खेल्नुपर्‍यो । काम गर्दा मुद्दैमात्र लाग्छ ।’  

उनले काम गरि खाने वातावरण नभएको र एउटा सानो पसल खोल्दा पचास थरी कर लिने गरेको दोष दिए । ‘सिटी सफारी सम्म त नेपालमै बनाउन सक्नु पर्ने हो, तर त्यो बनाउन सकिएको छैन् । विदेशबाट ल्याउँदा तीन सय प्रतिशत कर लगाएको छ,’ उनले भने, ‘हाम्रो देशलाई काम नलाग्ने बनायो । हामी गफले होइन, का गरेर देखाउँछौं । हाम्रो जहाँ समिति हुन्छ । त्यहाँ श्रमदानबाट अभियान सुरु हुन्छ । अनेक थरी काम गर्ने हुटहुटी सुरु हुन्छ,’ उनले भने । सो कार्यक्रममा श्रम संस्कृति पार्टीमा अन्य दलबाट प्रवेश समेत गरेका थिए ।

 

प्रकाशित: २५ पुस २०८२ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App