स्याटलाइट नेविगेशनसँग जोडिएको एप्लीकेसन आईफोनको आइओएस, एन्ड्रोइड वा विंन्डोज ८ फोनको लागि उपलब्ध छ । एचयूडीले राती र दिनको उज्यालोको हिसाब गर्दै जानकारी दिन्छ र प्रकाशलाई आफँै मिलाउँछ जसले गर्दा लोकेशन राम्रोसँग देखिन्छ।
सावरी साधनको अनुसन्धान गर्ने कम्पनी मिराले भविष्यमा एचयुडीलाई सवारी साधन टेक्नोलोजीमै एकीकृत गर्न सकिने बताएको छ। उसले भनेको छ कार निर्माता आफैँ अब यो काम गर्न लाग्दैछन्। तर यसमा समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी उनीहरु केही हच्किएका हुन्। 'स्मार्टफोन लगभग लगभग दिनदिनै बदलिँदै छन् र कारको नवीकरणको एउटा सीमा छ', मीराका एडवड्र्सले भने।
उनीहरुले भनेका छन् एचयूडी अब गाडीको सबैभन्दा महंगो मोडलमा मात्र होइन मध्यम स्तरका गाडीमा समेत उपलब्ध हुनेछ । कारमा अक्सर एचयूडी पहिले नै बनाइएको हुन्छ तर यसको अपडेट हुन पाएको छैन। स्क्रिनमा जानकारी देखाउने एचयूडी डिभाइसका कारण ध्यान भंग हुने शंका रहँदैन । किन भने यो उपकरणलाई हेर्नु नै सडक हेर्नु हुनेछ । गारमिनका अनुसार एचयूडीको मूल्य करिब १२ हजार नेपाली रुपैयाँ हुनेछ। गारमिन एप्लीकेसनसँग कनेक्सन रहेको क्षेत्रीय नक्सालाई करिब २८ सय नेपाली रुपैयाँ पर्नेछ ।
प्रकाशित: २७ असार २०७० १४:०२ बिहीबार





