१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

टेलिकमको ब्यालेन्स रिचार्ज अवधि बढ्यो


काठमाडौं – नेपाल टेलिकमले जिएसएम र सिडिएमए सेवामा रिचार्ज गरेपछि रहने ब्यालेन्सको समयअवधि बढाएको छ। टेलिकमले भ्यालिडिटी पिरियड दोब्बरभन्दा बढीले समय बढाएको हो।

मंगलबारबाट लागु हुने गरी टेलिकमले १० देखि १ हजारसम्मको रिचार्जमा समयअवधि बढाउन लागेको हो। टेलिकमका अनुसार टेलिकमले प्रिपेड सेवाको रिचार्ज तथा एमपिओएस पिनलेस रिचार्ज गर्दा पनि प्राप्त हुने जनाएको छ। न्यून महसुल उपभोग गर्नेलाई एउटै रिचार्जबाट लामो अवधिसम्म सेवा उपभोग गर्न सहज हुनेछ।

टेलिकमले १० रुपैयाँको एक दिन रहने समय अपधि बढाएर पाँच दिन पुर्याएको छ। त्यस्तै ५० को रिचार्ज गर्दा सातबाट ३० दिन, १ सयको २० बाट ६० दिन, २ सयमा ६० देखि १ सय ४० दिन, ५ सयको १ सय ८० बाट ३ सय ६० दिन र १ हजारको रिचार्ज गर्दा ३ सय ६० बाट ७ सय ३० दिन पुर्याजइएको हो। टेलिकमले अन्य विभिन्न मूल्यको रिचार्जमा पनि समयअवधि बढाएको छ।

प्रकाशित: ५ असार २०७० ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App