२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

तीन सिम लाग्ने कलर्स सेट

काठमाडौं, माघ ५ (नागरिक)-तीनवटा सिमकार्ड लाग्ने सेट नेपाली बजारमा भित्रिएको छ। दुइटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी-८०० मोडलको कलर्स सेट नेपाली बजार भित्रिएको हो।
सूपथ मूल्यको सेट भएकाले यो नेपालीबीच लोकप्रिय हुने कम्पनीको दाबी छ। यसमा २.४ इन्चको क्युभिजिए स्त्रि्कन छ। मोबाइलको नेवटर्कमा समस्या भइरहने र पहाडी बनोट भएको नेपालमा यो सेट लोकप्रिय हुने कम्पनीको दाबी छ। जिएसएम मोबाइलको टावर नआउने र नटिप्ने स्थानमा पनि सिडिएमए मोबाइलको टावर आउने भएकाले ग्रामीण क्षेत्रका ग्राहकले दुवैखाले सिमकार्ड प्रयोग गर्न मिल्ने सेट खोज्छन्।
यसमा दुइटा जिएसएम सिमकार्ड लाग्ने भएकाले एउटा कम्पनीको नेटवर्कले काम नगर्दा अर्को कम्पनीको सिमकार्ड चलाउन सकिने कम्पनीले जनाएको छ। तीनवटा सिमकार्ड प्रयोग भए पनि सबै सिमकार्ड स्ट्यान्डबाई रहनेछन्। यो सेटमा १ हजार ५ सय एमएएचको ब्याट्री प्रयोग भएको छ।
यसमा जाभा, जिपिआरएस, वाप सपोर्ट गर्छ। एफएम रेडियो, भिडियो र अडियो प्लेयर, भिडियो रेकर्डर, एमपिथ्री र डब्लुएभी सपोर्ट गर्ने विशेषता यसमा छन्। फ्ल्याससहितको १.३ मेगापिक्सेलको क्यामेरा, ब्लुटुथ, युएसबी, विभिन्न गेमहरुको सुविधा यसमा छ। नेपाली र हिन्दी भाषा चल्ने यो सेटमा १ वर्षे र ब्याट्री एवं चार्जरमा ६ महिने वारेन्टी सुविधा छ।

प्रकाशित: ४ माघ २०६९ २२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App