नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
निगमले बिहीबार १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

प्रकाशित: २ माघ २०८२ ०६:१० शुक्रबार





