२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

यी हुन् अहिलेसम्म कांग्रेस र नेकपाले जितेका ६ सिट

प्रतिनिधि तस्बिर

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पछिल्लो परिणाम अनुसार देशभर रास्वपाको लहर छ। यसबिच नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्।

नेपाली कांग्रेसले जितेका क्षेत्रहरू:
१. रसुवा-१: नेपाली कांग्रेसका मोहन आचार्य १० हजार ६ सय ५६ मतका साथ विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई ५ हजार ८५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
२. मनाङ-१: कांग्रेसका टेक बहादुर गुरुङ २ हजार ४ सय १५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनको मतान्तर १ हजार ९ सय ६१ रहेको छ।
३. मुस्ताङ-१: युवा नेता योगेश गौचन थकाली ३ हजार ३ सय ७ मतका साथ विजयी भएका छन्। उनले १ हजार ५ सय १ मतको अन्तरले जित हासिल गरेका हुन्।
४. दैलेख-१: कांग्रेसकी बासना थापा १२ हजार ३ सय ७२ मतका साथ विजयी भएकी छिन्। उनले ५ सय ७६ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पछि पारेकी हुन्।

नेपाली कम्युनिष्ट पार्टीले जितेका क्षेत्रहरू:
५. रुकुम पूर्व-१: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल १० हजार २ सय ४० मतका साथ सानदार जित दर्ता गरेका छन्। उनले ६ हजार ७ सय ७८ मतको फराकिलो मतान्तरले जित हासिल गरेका हुन्।
६. कालिकोट-१: सोही पार्टीका महेन्द्र बहादुर शाही ११ हजार ३ सय ३८ मतका साथ निर्वाचित भएका छन्। उनले ९ सय ८६ मतको अन्तरले जित निकालेका हुन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App