१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

आकाशको क्षमता बढाइने, मूल्य यथावत

नयाँ दिल्ली, पुस १७ (एजेन्सी) - सबैभन्दा सस्तो ट्याब्लेट आकाशको आगामी संस्करणमा सीम कार्ड समावेश हुने भएको छ भने यो पनि एन्ड्रोइड र लिनक्स अपरेटिङ सिस्टमबाट चल्ने बनाइने छ।
विद्यार्थीलाई लक्षित गरी भारत सरकारको लगानीमा उत्पादन भएको यो डिभाइसमा तिब्र गतिको प्रोसेसर र मेमोरी क्षमता पनि बढाइने भएको छ।

सुविधा र क्षमता बढाएपनि मूल्यमा भने त्यसले ठूलो असर नपार्ने बताइएको छ। विद्यार्थीका लागि यो ट्याब्लेट १ हजार १ सय ३० भारतीय रुपियाँमा उपलव्ध गराइने छ।

सरकारले यो डिभाइस २ हजार २ सय ६३ रुपियाँमा किनेर विद्यार्थीलाई सस्तोमा उपलव्ध गराउन लागेको हो। सुरुवातमा ५० लाख प्रति ट्याब्लेट सरकारले किनेर विद्यार्थीलाई दिनेछ। यसका लागि आउँदो फेब्रुअरीमा सरकारले ग्लोवल टेन्डर आह्वान गर्ने सम्भावना छ।

प्रकाशित: १७ पुस २०६९ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App