१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

गृहमन्त्रीद्वारा थारुवान डटकमको उद्‍घाटन

जितिया पर्वको अवसरमा थारु पत्रकारहरुद्वारा सञ्चालित थारुवान डटकम आजबाट सुभारम्भ भएको छ। सोमबार नाचघरमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको शुभारम्भ गरेका हुन्। नेपालको पहिलो थारु समाचार साइटको उद्‍घाटन गर्दै गृहमन्त्री गच्छदारले थारु समुदायभित्र दबिएर रहेका मुद्दाहरुलाई थारुवान डटकमले पर्दाफास गर्नेमा विश्‍वास व्यक्त गरे। 

 

संसारका कुरा सजिलै इन्टनेटको माध्यमबाट थाहा पाएजस्तै थारु समुदायका हरेक कुरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने आशा लिएको उनले बताए।

त्यस्तै सञ्चालक मदन चौधरीले थारु सांस्कृति, भाषा तथा कलाको प्रबर्द्धन गर्ने उद्देश्‍यले थारुवान डटकम सञ्चालनमा ल्याएको बताए। 'नेपालका मूलधारे मिडियाले थारु समुदायका समाचार कभरेज नगरेको गुनासो सुन्दै आएको छु,' चौधरीले भने, 'अब त्यो गुनासो थारुवान डटकमले पूरा गर्नेछ।' थारु समुदायका हरेक कुरालाई थारुवान डटकमले समेट्दै लाने चौधरीले बताए।

प्रकाशित: २२ आश्विन २०६९ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App