२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

वेवक्यामबाट प्रेमिकालाई देखाउँदै आत्महत्या

लखनउ, असोज ९ (एजेन्सी) - अंकित श्रीवास्तव, २५ वर्षीय युवाले प्रेमिकासँग च्याट गर्दा गर्दै आत्महत्या गरेका छन्। च्याटमार्फत प्रेमिकासँग चर्को विवाद गरेका उनले वेवक्याम खोलेर प्रेमिकालाई देखाउँदै आत्महत्या गरे।
वनारसका युवाले च्याटिङकै क्रममा आत्महत्या गरेका हुन्। अंकितका बाबुले आत्महत्या गरेको स्वीकार्दै उनकी प्रेमिकाले सबै कुरा देख्दा देख्दै पनि नरोकेको आरोप लगाए।

परिवारका सदस्यले जनाएअनुसार उनकी आमाले आफ्नै कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनलाई फेला पारेकी थिइन्। त्यतिखेर उनको वेवक्याम खुलै थियो भने मोबाइल सेट फुटेको अवस्थामा भेटियो। आत्महत्या गर्नुअघि अमितले मोबाइल फुटालेको हुनसक्ने परिवारले जनाएको छ।

इभेन्ट म्यानेजमेन्ट पेशामा सक्रिय रहेका अंकित छिट्टै रिसाउने प्रवृतिका थिए। हरेक साँझ उनी प्रेमिकासँग च्याटिन्थे। परिवारको यो दावीलाई प्रहरीले अनुसन्धानकै क्रममा रहेको जानकारी दिएको छ। च्याटकै क्रममा या फोनमा कुराकानी लगत्तै उनले आत्महत्या गरे अहिल्यै भन्न नसकिने प्रहरीको दावी छ।

प्रहरीले प्रेमिकाविरुद्ध उजुरी दर्ता गरेको छ। प्रहरीले यसअघि पनि अंकितले आत्महत्याको प्रयास गरिसकेको जानकारी दिएको छ। अंकितका बाबु अवकाशप्राप्त ब्याङ्कर हुन भने आमा शिक्षिका।

प्रकाशित: ९ आश्विन २०६९ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App