२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस प्रतिनिधिलाई कार्यवाहक प्रमुख आयुक्तको जवाफ : विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्दतिबाहिर गएर निर्णय नगर्ने जवाफ दिएका छन्।

आज बिहानै आयोग पुगेका कांग्रेस कार्यवाहक सभापतिसहितका नेताहरूलाई भण्डारीले यसस्तो जवाफ दिएका हुन्। उनले आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए। निर्वाचन कार्यतालिका अनुसारका कांग्रेस काममा सहभागी हुने विश्वास समेत आयोगले लिएको उनको भनाइए छ।

'निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ। विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन,' उनले भने, 'निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ।'

प्रकाशित: २ माघ २०८२ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App