२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्।

निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्। उनले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लनबी गरे। उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चार माध्यमहरूले बाध्य बनाएको कोइरालाको दाबी छ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज बिहानै निर्वाचन आयोग पुगेका थिए। शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका छन्। निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोइराला, मिन विश्वकर्मा,नैनसिंह महरलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

यस्तै, कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण आयोगमा बुझाएको छ।

प्रकाशित: २ माघ २०८२ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App