ट्विटरमा जस्तै फेसबुकमा पनि उनले आफ्नो ठेगाना बिइङसलमानखान नै राखेका छन्। सलमानले आफ्नो फेसबुक टाइमलाइनमा जन्मदेखि खेलेका सबै फिल्महरु मैनेँ प्याक कियादेखि एक था टाइगरसम्मका विवरण राखेका छन्।
उनले आफ्ना केही निजी फोटोदेखि फ्यानहरुलाई सम्बोधन गरिएको एउटा भिडियो पनि राखेका छन्। उनले आफ्नो नाममा खोलिएका फेक अकाउन्टहरुलाई पनि यसैमा जोडिन भनेका छन्।
अमिताभ बच्चनले फेसबुक पेज खोलेको केही समयमा नै आठ लाख लाइक पाएका थिए। अहिले उनको लाइक संख्या २३ लाख नाघेको छ। उनकी बुहारी र सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायको पेजमा भने लाइक संख्या ६ लाख पनि पुगेको छैन। भर्खरै फेसबुकमा आएका क्रिकेट स्टार सचिन तेन्दुलकरको लाइक भने ७० लाख पुगिसकेको छ।

सलमानले फेसबुक पेजमा राखेको एउटा तस्बिर।
प्रकाशित: २९ भाद्र २०६९ ०८:२१ शुक्रबार





