३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

ह्यारी पोर्टरकी हिरोइन खतरनाक

ह्यारी पोर्टरकी हिरोइन एम्मा वाटसनबारे इन्टरनेटमा केही खोज्दै हुनुहुन्छ? सावधान। साइबर सुरक्षा कम्पनी म्याकाफेका अनुसार साइबर अपराधीहरूले उनको नाममा प्रयोगकर्ताहरूलाई झुक्याउने गरिरहेका छन्। त्यसैले यो कम्पनीले वाटसनलाई सबैभन्दा खतरनाक हिरोइनको उपमा दिएको छ।
उनको नाममा सर्च गर्दा भेटिने अधिकांश साइटमा व्यक्तिगत जानकारी चोर्ने वा प्रयोगकर्ताहरूको जानकारीबिना नै इन्स्टल हुने सफ्टवेयर हुन्छन्। यी २२ वर्षीया हिरोइनको बारेमा सर्च गर्दा भेटिने साइटमध्ये आठमा एउटा त्यस्ता साइट हुने सम्भावना रहेको म्याकाफे बताउँछ। गत वर्ष यो स्थान हेइदी क्लमले लिएकी थिइन्।
साइबर अपराधीहरूले प्रयोग गर्ने सेलिब्रिटीमध्ये टप २० मा रहेका मध्ये एकजना मात्रै पुरुष छन्। उनी टेलिभिजन कार्यक्रम सञ्चालक जिम्मी किम्मेल हुन्। 
- एजेन्सी



प्रकाशित: २८ भाद्र २०६९ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App