राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ। पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उक्त बैठकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसहित विविध राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: ३ माघ २०८२ ०८:४७ शनिबार





