२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

आँखा झिम्क्याउँदा च्यानल चेन्ज

टेलिभिजिन वैज्ञानिकहरुले तपाँइको आँखाको इसारा बुझ्ने प्रविधिको विकास गरेका छन्। यो प्रविधिअनुसार तपाँइले आँखा झिम्क्याउँदा टेलिभिजनले च्यानल नै फेर्दिनसक्छ।  

डेली मेलले जनाएअनुसार आँखाद्वारा नियन्त्रण हुने टेलिभिजनका लागि एउटा डिभाइस टेलिभिजनसँग राखिएको हुछ। र, त्यसले तपाँइको आँखालाई पछ्याइरहन्छ। अनि आँखाले दिएको कमाण्ड अनुसार च्यानल फेर्ने, भोलुम बढाउने, घटाउने वा टेलिभिजन अफसमेत गर्न सकिन्छ।

चिनिया कम्पनीले तयार पारेको यो प्रविधिले टेलिभिजन हेर्दा तपाँइको आँखामा हुने साधारण मुभमेन्टहरुलाई भने वास्ता गर्दैन। तपाँइको आँखाले पहिलो पटक गर्ने कमाण्डलाई यसले रिसिभ गर्छ र त्यसैअनुसार तपाँइलाई पछ्याउँछ। बर्लिनमा गत साता परीक्षण गरिएको यो प्रविधि आइएफए टेक्नोलोजी कन्फरेन्समा चासोको विषय बनेको थियो ।

प्रकाशित: २१ भाद्र २०६९ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App