२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

समृद्धि शाहले जितिन् ‘वर्ल्ड राइजिङ स्टार’ काे शीर्ष उपाधि

जर्जियाको तिब्लिसीमा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’ आठौं संस्करणमा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन्।

‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा ४० बढी देशका प्रतिस्पर्धी पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन्। विजेता शाह काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा ४ कक्षामा पढ्छिन्।

प्रतियोगितामा समृद्धिसँगै गएका ‘डिएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते। प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुलमा कक्षा ३ पढ्छन्।

प्रतियोगिता जनवरी ८ देखि १३ गतेसम्म भएको थियो। नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धि जर्जिया पठाएको थियो। उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए। प्रतियोगितामा राज बराइलीले सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टरको अवार्ड पाएका थिए।

नेपाली प्रतियोगीले नेपाली कला, संस्कृतिको प्रस्तुतिसँगै नेपालको मौलिक खानाको प्रदर्शनीमा राखेका थिए। परिवर्तन इभेन्ट हाउसले यसअघि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’ मा प्रतिनिधित्व गरिसकेको छ। दुई पटक नै नेपाली बालबालिका विश्व विजेता बनेका थिए।

प्रकाशित: २ माघ २०८२ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App