१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

इमेलबाट टाढा रहँदा बढी आराम

लस एन्जलस, भदौ १९ (एजेन्सी)- आफ्ना इमेलहरुको निरन्तर पहुँच नभएको अवस्थामा मानिसले बढी आराम महसूस गर्ने र बढी उत्पादनशील हुने देखिएको छ। भर्खरै गरिएको एउटा नयाँ अध्ययनले यस्तो देखाएको हो।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले इमेल चलाउन नपाउँदा आफूलाई दिइएका काममा बढी ध्यान दिने पत्ता लगाएका हुन्। 

अध्ययनमा १३ जना अमेरिकी सरकारी कर्मचारी स्वयंसेवकका रुपमा सहभागी थिए। 

इमेल नहुँदा मानिसहरु कुराकानीका लागि बढी हिँड्ने गरेको र आमने सामने वार्ता गर्न उत्साहित हुने र त्यसले पनि फाइदा हुने अध्ययनकर्ताहरुको दावी छ।

प्रकाशित: १९ भाद्र २०६९ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App