विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक पार्टी भएको दाबी गर्न गगन थापा नेतृत्वको टोली निर्वाचन अयोग पुगेको छ।
बिहीबार कुपन्डोलनमा पहिलो केन्द्रीय समिति बैठक बसेर त्यस लगत्तै सभापति गगन, उपसभापति विश्वप्रकाश शर्मालगायत अन्य पदाधिकारीसहितको टोली निर्वाचन आयोग पुगेको हो।
जहाँ विशेष महाधिवेशनका विवरण र केन्द्रीय समितिले गरेका निर्णयको विवरण अद्यावधिक गर्न माग गर्ने सो समूहको तयारी छ।
यसअघि बुधबार शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले गगन–विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको थियो। जसको जानकारी तत्कालै निर्वाचन आयोगमा गराइसकेको छ।
त्यसअघि गगन समूहले विशेष महाधिवेशन गर्न लागेको जानकारी आयोगलाई गराएको खुलासा भएको छ। अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।
प्रकाशित: १ माघ २०८२ १४:३४ बिहीबार





