एन्फा राष्ट्रिय लिग अन्तर्गत दोस्रो दिन भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब गोलरहित बराबरी खेलेका छन्।
बिहीबार एन्फा कप्लेक्समा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसलाई सदुपयोग गर्ने नसकेपछि खेल बरारीमा रोकिएको हो।
आजै हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
एन्फा राष्ट्रिय लिग बुधबारबाट सुरु भएको हो, जारी प्रतियोगितामा कूल १७ टोलीले प्रतिस्पर्धा गरेका छन्।
प्रकाशित: १ माघ २०८२ १४:५० बिहीबार




