रिपोर्टले आगलागी हुनुमा सामसुङ डिभाइसको दोष नरहेको उल्लेख गर्दै चार्ज गर्दा ताप उत्पन्न भएको जनाएको छ। एप्पल आइफोनको प्रतिस्पर्धीका रुपमा बजारमा उतारिएको ग्यालेक्सीको एस सेरिजमा आगलागी भएपछि मानिसहरू यो स्मार्टफोन किन्न सतर्क भएका थिए। डब्लिनमा रहेका एक उपभोक्ताले बलेको स्मार्टफोनको तस्बिर इन्टरनेटमा राखेपछि यसमाथि सबैको ध्यान खिचिएको थियो। उनले कारको ड्यासवोर्डमा फोन पडि्कएको बताएका थिए। ती ग्राहकले ड्राइभ गरिरहँदा एक्कासी आगजनी सुरु भएको र पडि्कएको कुरा बाहिर ल्याएका थिए।
आगजनीपछि ब्रान्ड इमेज जोगाउन सक्रिय रहेको दक्षिण कोरियाली कम्पनी सामसुङले बेलायतको स्वतन्त्र अनुसन्धान गर्ने संस्थालाई घटनाको सत्यतथ्य बाहिर ल्याउन जिम्मा दिएको थियो। कम्पनीले ग्यालेक्सी एस थ्रीका थुप्रै सेटहरू कम्पनीलाई उपलव्ध गराएको थियो। लामो परीक्षणपछि उक्त कम्पनीले दोष डिभाइसमा नरहेको सार्वजनिक गरेको हो।
आइफोनसँग प्रतिस्पर्धा गरिरहेको यो स्मार्टफोनबारे बजारमा नकारात्मक असर पार्ने धेरैखाले प्रतिक्रिया आउन थालेपछि कोरियाली कम्पनीलाई ब्रान्ड इमेज जोगाउन कठिन पर्दै आएको थियो। बेलायती अध्ययनले उसको बजार विस्तारलाई अब बाटो खुला गराएको छ।
प्रकाशित: २८ असार २०६९ ०३:२४ बिहीबार





