२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत :महामन्त्री थापा

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारको घटनाप्रति महामन्त्री गगन थापाले  खेद प्रकट गरेका छन्। 

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त कार्य गलत र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएका  छन्। महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।  

असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ र फरक मत राख्नेको सम्मान गर्छ। तर फरक मत राखेकै कारण दुव्र्यवहार भएको हो भने उक्त घटना झन बढी निन्दनीय रहेको बताएका छन् ।    

उनले परिवर्तनका लागि अराजकता नभई विधि, विधान र स्थापित प्रक्रिया नै एकमात्र बाटो भएको स्पष्ट पारेका छन्।

यो पनि पढ्नुहोस्

निधिमाथिको दुर्व्यवहार ‘बिल्कुल गलत’ : महामन्त्री शर्मा

प्रकाशित: २३ पुस २०८२ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App