२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ऊर्जा मन्त्री घिसिङप्रति अभियन्ता आशिका तामाङको कटाक्ष

अभियन्ता आशिका  तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङप्रति कटाक्ष गरेकी छन्।  उनले नागरिक सरकारमा रहेका व्यक्तिहरू राजनीतिमा हुन नपाउने व्यवस्था भएपनि घिसिङले  पार्टीमा वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको समाचारमा प्रश्न उठाएकी हुन्।

तामाङले मन्त्री घिसिङको नैतिकतामाथि प्रश्न गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘पार्टीको उपसभापति भएको मान्छे, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ र?’   

पछिल्ले समय मन्त्री घिसिङ रास्वपामा आवद्ध रहेको र  वरिष्ठ उपसभापति पद लिएको समाचार आएसगैं आफु कुनैपनि पार्टीमा आवद्ध नरहेको तर्क गर्दै आएका छन्।

प्रकाशित: २३ पुस २०८२ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App