२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी– १ मा रास्वपाको अग्रता, हर्क साम्पाङ ३०७ मतले पछाडि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार रहेको सुनसरी क्षेत्र नं. १ मा पनि रास्वपाकै उम्मेदवारको अग्रता छ।  

प्रारम्भिक चरणको मतगणना अनुसार रास्वपाकी उम्मेदवार सरिन (गोमा) तामाङले ४६१ मत ल्याएकी छिन्। अध्यक्ष साम्पाङले भने १५४ मत ल्याएका छन्।  

यहाँबाट नेपाली कांग्रेसका सुजेन्द्र गोलेले १०७ मत ल्याएका छन् भने राप्रपाका उद्दप श्रेष्ठले ९५ मत ल्याएका छन्।

अहिले प्रारम्भिक चरणको मत अनुसार कुल ९२८ मतमध्ये ३७ मत बदर भएर ८८७ मत गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रबाट २८ जना उम्मेदवारी चुनाबी प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App