१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

स्मार्टसेलको मिसकल अलर्ट

काठमाडौं, असार १७ (नागरिक)-स्मार्टसेलले आइतबारदेखि मिसकल अलर्ट सेवा सुरु गरेको छ। कम्पनीले आफ्नो चौथो वर्ष पूरा गरेको अवसरमा मिसकल अलर्ट सेवा सुरु गरेको हो। यो सेवाबाट मोबाइल व्यस्त हुँदा, स्विचअफ हुँदा वा नेटवर्कबाट बाहिर रहँदा ग्राहकलाई कल आएको एसएमएसबाट जानकारी दिन्छ।

यो सेवा पाउन ग्राहकले स्मार्टसेलबाट एसिटी स्पेस एमसिए टाइप गरी ४२७० मा सन्देश पठाउनुपर्छ। यसबापत मासिक करबाहेक १० रुपैयाँ शुल्क लाग्छ।

कम्पनीले भ्यालुएडेड सर्भिस थप्ने क्रममा यो सेवा सुरु गरेको जनाएको छ। कम्पनीले यसअघि नै स्मार्ट ट्युन, हेल्थलाइन सर्भिस, ब्यालेन्स नभएमा पनि कल ब्याक र ब्यालेन्स रिक्वेस्ट पठाउन सकिने लगायत सेवा सुरु गरिसकेको छ।

प्रकाशित: १६ असार २०६९ २२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App