एन्ड्रोइड मोबाइल ह्यान्डसेटमा यो वर्ष प्रतिस्पर्धामा उत्रने लक्ष्य लिएको एलजीले युवाका लागि लक्षित गरी एलजी अप्टिमस एल३ इ४०० सेट बजारमा ल्याएको बताएको छ।
एन्ड्रोइडको जिन्गरब्रेड अपरेटिङ सिस्टम र ८ सय मेगाहर्जको प्रोसेसर भएको यो सेटमा ३८४ एमबीको र्याम छ। एन्ड्रोइड प्ले स्टोरबाट यसमा एप्सहरु डाउनलोड गर्न सकिन्छ।
३.१५ मेगापिक्सेल क्यामेरा भएको यो मोबाइलमा ३.२ इन्जको टच स्क्रिन छ। ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड राख्न मिल्ने मोबाइलमा ६७३ घण्टाको स्ट्यान्ड अप टाइम र टक टाइम १५ घण्टाको हुने दावी कम्पनीको छ।
वाईफाइ र थ्रीजीबाट इन्टरनेट जोड्न सकिने यो सेटलाई वाइफाइ हटस्पट बनाएर मोडमका रुपमा थप पाँच वठा वाइफाइ डिभाइसमा पनि इन्टरनेट चलाउन सकिन्छ।
सेटको मूल्य १४ हजार ६९९ रुपियाँ भएको र यसमा ह्यान्डसेटमा १२ महिनाको र ब्याट्रीमा ६ महिनाको वारेन्टी छ। त्यसैगरी हरेक मोबाइलका साथ २ जीबीको मेमोरी कार्ड निःशुल्क दिइने बताइएको छ।
प्रकाशित: २७ वैशाख २०६९ ०५:३४ बुधबार





