१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

अबदेखि सिमकार्ड किन्न आफैं उपस्थित हुनुपर्ने

अबदेखि सिमकार्ड किन्न  अनिवार्य रूपमा सक्कली परिचयसहित व्यक्ति स्वयं मोबाइल सेवा प्रदायककहाँ उपस्थित हुनुपर्ने भएको छ  । नेपाल दूरसञ्चार प्राधिकरणले  सिमकार्डको बिक्री वितरण गर्दा ग्राहक स्वयं उपस्थिति भई सक्कली परिचयपत्र लिएर मात्र दिन मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएकाले यस्ताे व्यवस्था लागु हुने भएकाे हाे ।

‘कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायतका सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरासमेत बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा उल्लेख छ ।

त्यस्तै, सिमकार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा पनि ग्राहक स्वयं सक्कली प्रमाणपत्र (नागरिकताको प्रमाणपत्र, मतदाता परिचय, राहदानी) सहित उपस्थित हुनुपर्नेछ ।

‘निरीक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ ।

प्रकाशित: १२ असार २०७७ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App