१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

विश्व विद्यालय तह सम्मकै पढाईलाई पूर्णतयाःप्रविधिमैत्री बनाउ : क्यान

क्यानका अध्यक्ष नवराज कुँवर ताप्लेजुङको फुङ्लिङमा सञ्चालित सूचना प्रविधि सम्वन्धी अभिमुखीकरणमा संघीय राजधानी काठमाडौबाट आईसीटीको उपयोगिता बारे कुरा राख्दै । तस्बिर : नागरिक

कम्युटर एसोसिएशन नेपाल (क्यान)महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सरकारले आधारभूत कक्षादेखि विश्व विद्यालय तह सम्मकै पढाईलाई पूर्णतयाःप्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् । उनले अहिलेको परिस्थतिलाई प्रविधिमैत्री संरचनाको प्रयोग र विकास गर्ने अवसरको रुपमा लिएर काम गर्न सरकारलाई सुझाएका छन् ।  

सदरमुकाम फुङ्लिङमा क्यान ताप्लेजुङले आयोजना गरेको आईसिटी सम्वन्धी ३ दिने अभिमुखीकरण कार्यक्रममा काठमाडौबाट भर्चुअल सन्देश दिदैं उनले आधारभूत कक्षादेखि विश्व विद्यालय तहका विद्यार्थीलाई र टोल–टोलमा प्रौढ तथा वयस्कलाई सूचना प्रविधिका बारेमा अभिमुखीकरण गर्नुपर्ने बताए । क्यानको महत्व र यसको उपयोगिता बारेमा संघीय राजधानी काठमाडौं र प्रादेशिक केन्द्रहरूबाट समेत जानकारी गराईएको सो कार्यक्रममा क्यानका अगुवाहरूले सरकारले सूचना प्रविधि बिज्ञहरूको बौद्धिकतालाई सबै तहमा बिस्तार गर्न जरुरी रहेको बताएका थिए ।  

तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रमा रहेका सूचना प्रविधिका जानकारहरूको बौद्धिकतालाई उपयोग गर्न सक्ने नीति ल्याउन आवश्यक रहेको क्यानका केन्द्रीय अध्यक्ष कुँवरको जोड थियो । कोभिड १९ जस्तो अहिलेको बिषम परिस्थितिमा घरमै बसेर पनि सूचना प्रविधिको माध्यमबाट आफ्नो कार्यसिद्ध गर्न सकिने भएकोले सूचना र प्रविधिका उपयोगिताका बारेमा अब सरकारले नै धारणा बनाउन आवश्यक रहेको कुँवरको भनाई छ ।  

क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले विश्वमै जटिल परिस्थिति सृजना भएको यो समयमा सूचना र प्रविधिको उपयोगिता अझ बढेको भन्दै सूचना र प्रविधिबाट अलग रहने कुरा मानवीय जीवन भन्दा टाढाको बिषय भएको बताए । क्यानका १ नम्वर प्रदेश अध्यक्ष भव तिमल्सिनाले सूचना र प्रविधिको सहि उपयोगले यसबाट बृहत लाभ हुने बताए ।  

क्यान ताप्लेजुङका अध्यक्ष बिष्णुकुमार लिम्बूका अनुसार पूर्णतया प्रविधिको उपयोग गरी बिभिन्न क्षेत्रमा ९० जनालाई आईसीटी सम्वन्धी तीन दिने अभिमुखीकरण गराइएको छ । साइबर अपराध र कानुनी व्यवस्था, आइसीटीको प्रयोग र प्रभावकारीता, वर्तमान अवस्थाले पारेको प्रभाव र आइसीटीको प्रयोग, ई–हेल्थ र डिजिटल पेमेन्ट लगायतका सन्दर्भलाई अभिमुखीकरणको बिषयवस्तु बनाइएको छ ।  

क्यान ताप्लेजुङका संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठका अनुसार पहिलो दिन बिभिन्न तहका बिद्यार्थी र कार्यालयका सूचना अधिकारी,दोस्रो दिन राजनीतिक दल र दलका भातृसंस्थाका अगुवा,तेस्रो दिन सञ्चारकर्मी र जनप्रतिनिधिलाई आईसीटी सम्वन्धी अनुशिक्षण गराइने छ । अनुशिक्षणमा आईसीटीको प्रयोगमा भोग्नु परेका चुनौती,यसको प्रभावकारीतामा सरोकारवालाको भूमिका र आईसीटी सम्वन्धमा स्थानीय सरकारका आगामी योजनाका बारेमा पनि छलफल भईरहेको क्यान १ नं प्रदेशका निवर्तनमा सदस्य राजकुमार गुरुङले जानकारी दिए । 

प्रदेश निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्र्तगत प्रदेशसभा सदस्य होमकुमारी साँवाको योजना तथा फुङ्लिङ नगरपालिकाको समन्वयमा यस्तो कार्यक्रम संचालन गरिएको क्यानका जिल्ला सचिव अरुणकुमार श्रेष्ठले बताए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी उपेन्द्रबहादुर ढुङ्गानाले प्रविधिको प्रयोग र यसको फाईदा बारे प्रष्ट्याएका थिए । 

प्रकाशित: ६ असार २०७७ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App