१४० शब्दमा आफ्ना कुराहरु राख्नु पर्ने सामाजिक सञ्जालको प्रख्यात साइट ट्विटर विदेशमा निकै लोकप्रिय छ। छोटो कुरा तत्काल राखेर लाखौँमाझ फैलाउनमा उपयोगी भएकोले हलिउडदेखि बलिउडसम्मका कलाकारहरु, नेताहरु र प्रख्यात व्यक्तित्वहरुले यसको भरपूर उपयोग गरेका छन्। बिस्तारै नेपालमा पनि सेलिब्रिटीहरु यसमा आउन थालेका छन्।
प्रकाशित: २१ भाद्र २०६८ २२:५० बुधबार