२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

फेसबुक स्टाटस अपडेट गर्न नपाए युवतीलाई तनाव

मेलवर्न - अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणले फेसबुक अपडेट गर्न नपाए युवतीहरु तनावमा रहने देखाएको छ जवकी युवाहरु यसलाई सहज लिन्छन्। ४ सय २० अस्ट्रेलियनसँग गरिएको सर्वेक्षणमा ६९ प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाए तनाव हुने स्विकारेका छन्। तर ३९ प्रतिशत पुरुषलेमात्रै यस्तो तनाव हुने बताएका छन्।
ग्यालेक्सी रिसर्चले गरेको 'दी सेन्भिस चिल पिल सर्भे'ले सोसल नेटवर्किङले यसका प्रयोगकर्तामा तनावको मात्रा बढाएको देखिएको छ।
६३ प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने स्विकारेका छन्।

'युनिक स्टाटस बनाउन र त्यसमा मानिसहरुले लाइक गरेको पाउनु खुशीको कुरा हो यसले केही तनाव त दिन्छ नि,' ला टर्वो युनिभर्सिटीमा कानुनको विद्यार्थी रहेकी निकिता भेनविलेले भनिन्। फेसबुक निरन्तर हेर्न पाइएन भने झन तनावमा रहने उनले बताइन्।

प्रकाशित: १३ मंसिर २०६७ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App