जीमेल छैन भने साइन अप गर्नुस्। र तपाँईको मोबाइल फोनमा जीपीआरएस 'एक्टिभेट' गर्नुस्। अब तपाँईको एड्रेस बुक सुरक्षित राख्ने आधार तयार भयो।
त्यसपछि गुगल.कम/मोबाइल/सिन्क मा लगइन गर्नुस्। गुगलले तह तहमा तपाँईलाई मोबाइल सेट अनुसारको पूरा गर्नुपर्ने प्रकृयाको जानकारी दिन्छ। यो सुविधा आइफोन, व्ल्याकवेरी देखि नोकिया तथा विन्डोज मोबाइल लगायतकामा पनि उपलव्ध छ।
जव तपाँईले नयाँ मोबाइल लिनु भयो भने जिमेलको त्यही अकाउन्टबाट मोबाइलमा नम्बर सेभ गर्न सकिन्छ। एन्ड्रोइड रहेको मोबाइलमा यो अझ सहज हुन्छ।
एन्ड्रोइड फोन छ भने जिमेलसँग सिंक्रोनाइज हुनासाथ सोझै मोबाइलमा तपाँईले राखेका नम्बरहरु सेभ हुनेछन्।
प्रकाशित: १२ मंसिर २०६७ ०७:४३ आइतबार





