२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘म सँग बीपीको विचार छ, गणेशमानको साहस छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग पार्टी संस्थापक नेताहरूको रगत (वंश) नभए पनि उहाँहरूको विचार र अदम्य साहस रहेको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले वंशवादको राजनीतिलाई चुनौती दिँदै विचार र साहसले नेतृत्व गर्ने दाबी गरे।

आफू कुनै ठूला नेताको सन्तान नभएको प्रसंग कोट्याउँदै उनले भने, ‘मेरो शरीरमा गणेशमान सिंहको रगत छैन, बीपी कोइरालाको रगत छैन। तर मसँग बीपीको विचार छ, गणेशमानको साहस छ।’

महामन्त्री थापाले कांग्रेसको नेतृत्व गर्न वा पार्टी हाँक्नका लागि कुनै नेताको छोरा वा छोरी नै हुनुपर्छ भन्ने मान्यता गलत भएको बताए।

‘गणेशमानको छोरा म होइन, बीपीको छोरा म होइन,’ उनले भने, ‘तर उहाँहरूको विचार र साहस बोकेर हिँडेको छु। त्यसैले यो पार्टी बनाउने र बचाउने तागत राख्छु।’

उनले कांग्रेस कुनै परिवार वा वंशको बिर्ता नभएको र यसमा आम कार्यकर्ताको रगत-पसिना बगेको भन्दै पार्टीमा काम गर्ने जो-कोही पनि नेतृत्वमा पुग्न सक्ने जिकिर गरे।

प्रकाशित: २७ पुस २०८२ १९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App