नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयातामा यथावत स्थानमा छन्। बुधबार आईसीसीले सार्वजनिक गरेको वरीयाता अनुसार दीपेन्द चौथौ स्थानमा यथावत रहेका छन्।
टी-२० अलराउन्डर वरीयातामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा यथावत छन्। त्यस्तै, भारतका हार्दिक पान्डेया दोस्रो स्थानमा रहँदा पाकिस्तानका सयम अयुब तेस्रो स्थानमा छन्। त्यस्तै, पाँचौ स्थानमा पनि अफगास्तिानाका अज्मतुल्लाह ओमरजाई छन्।
त्यस्तै, नेपालका कुशल भुर्तेल वरीयाताको २४औँ, रोहित पौडेल ४५औं र गुल्शन झा ७२औं स्थानमा रहेका छन्।
टी-२० बलिङ वरीयातामा दीपेन्द्र ६९औं स्थानमा रहँदा सन्दीप, ललित राजवंशी र सोमपाल कामी पनि सय जनाभित्र अँटाएका छन् ।
एकदिवसीय अलराउण्डरको वरीयातामा भने दीपेन्द्र एकस्थान खस्कँदै ४२औं स्थानमा पुगेका छन्। उक्त वरीयातामा सन्दीप लामिछाने ५८औं, करण केसी ७२औं, सोमपाल कामी र कुशल मल्ल समान ७७औं तथा ललित राजवंशी ८४औं स्थानमा रहेका छन् ।
एकदिवसीय ब्याटिङकाे एक सयको सूचीभित्र आशिफ शेख, रोहित पौडेल र आरिफ शेख परेका छन् भने टी-२० को ब्याटिङ वरीयातामा दीपेन्द्र, रोहित, कुशल भुर्तेल र आशिफ छन्। एकदिवसीय बलिङमा सन्दीप ४७औं, ललित ५९औं, दीपेन्द्र ८४औं र करण ९४औं स्थानमा रहेका छन्।
आइसिसीको एकदिवसीय वरीयातामा नेपाल १७औं र टी-२० को वरीयातामा १८औं स्थानमा यथावत रहेको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १६:१५ बुधबार





