९ पुस २०८१ मंगलबार
image/svg+xml
प्रविधि

विकट वाग्लुङमा टेलिकमको जिएसएम सेवा

काठमाडौं – नेपाल टेलिकमले बाग्लुङको विकट स्थान तमानखोला गाउँपालिकामा जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। 

जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा र करिव डेढ घण्टाको पैदल मार्गको यात्रापश्चत पुगिने उक्त स्थानमा दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो। 

प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो। 

प्रकाशित: ११ असार २०७४ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App