१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

ओप्पो मोबाइल नेपालमा

काठमाडौं- विश्वमा स्मार्टफोनको र्‍यांकिङमा चौथो स्थान ओगट्न सफल ओप्पो मोबाइल फोन नेपाली बजारमा आएको छ। स्मार्टफोनका पारखीलाई सेल्फीको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ टेलिसेलले नेपालको आधिकारिक बिक्रेता बन्दै उक्त मोबाइल भिœयाएको हो।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओप्पो ब्रान्डको 'एफ वान एस' मोबाइल सार्वजनिक गरिएको छ। ३२ हजार ३ सय ९० रुपैयाँ बजार मूल्य रहेको एफ वान एसलाई 'सेल्पि्क एक्स्पर्ट'का रुपमा लिइएको छ।

उक्त मोबाइलको स्त्रि्कन साइज ५.५ इन्च, फ्रन्ट सेन्सर १६ मेगापिक्सल, मुख्य सेन्सर १३ मेगापिक्सल रहेको छ। यसको र्‍याम ३ जिबी र रोम ३२ जिबी क्षमता रहेको कम्पनीले जनाएको छ। त्यस्तै ३०७५ एमएएच ब्याट्री क्षमता, एमटी ६७५० अक्टा कोर प्रोसेसर, कलर ओएस ३.०, एन्ड्रोइड ५.१, ३२ जिबीसम्मको भण्डार क्षमता र दुई सिम लाग्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

'हामी दक्षिण एसियाको बजारमा केन्द्रित भएकाले नेपाल हाम्रो लागि एक महŒवपूर्ण बजार बनेको छ,' ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जिले भने, 'नेपालमा तीव्र गतिका साथ बढिरहेको स्मार्टफोनको बजार र चाँडै नै आरम्भ हुन लागेको ४ जिबीको कारण पनि पनि यहाको बजार लगानी र राम्रो प्रतिफल दिने विश्वास छ।'

ओप्पोले आफ्ना ग्राहकलाई उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ। ओप्पोले बिक्री रणनीति अनुसार ३० दिनसम्म वान टु वान सट्टापट्टा अफर पनि सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७३ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App