६ आश्विन २०८१ आइतबार
image/svg+xml

शौचालय जान चियाको बहाना

न्यूरोडमा सामान किन्दै गरेका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उनी हतारमा एउटा चिया पसलमा छिरे । साहुजीलाई चिया पकाउन अर्‍हाउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न गए ।

चिया खेती विस्तारका लागि नर्सरी उत्पादन सुरु

कृषि पर्यटनको विकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको गाउँपालिकाले लेकाली क्षेत्रका खाली र नाङ्गो डाँडामा व्यवसायीकरुपमा चियाखेती विस्तार गर्नका लागि नर्सरी उत्पादन सुरु गरेको छ।

नेचामा ‘चिया खेती’ सुरु

कार्यक्रमअन्तर्गत दुई सय हेक्टर जमिनमा चिया रोप्ने लक्ष्य राखिएको नेचासल्यानमा पहिलो वर्ष नै पाँच हेक्टर क्षेत्रफलमा चिया रोपिएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिव वेदबहादुर भण्डारीले जानकारी दिए । ईलामबाट ल्याइएको ५० हजार बिरुवा कालीपोखरी र सेतिपोखरी सामुदायिक वनको खाली जग्गा तथा निजी जग्गामा रोपिएको छ ।

मुख्य बजारमै बिकेन तयारी चिया

यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा भारतीय व्यापारी चिया खरिदका लागि आएनन्। उनीहरू चिया किन्न नआएकामात्र होइन, कोही भारतीय व्यापारीले नेपाली चिया खरिदका लागि सम्पर्कसमेत नगरेको उद्योगीले जनाएका छन्।

अर्गानिक प्रमाणीकरणको झन्झटले चिया निर्यातमा समस्या

धेरैजसो दैनिक उपभोग्य वस्तु आयातमा निर्भर हुनु परे पनि चियामा मुलुक आत्मनिर्भर छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा तीन अर्ब २० करोड ४० लाख रुपैयाँ बराबरको १५ हजार ४३ मेट्रिक टन विभिन्न प्रकारका चिया निर्यात गरिएको छ।

नेचामा ‘चिया खेती’

चिया उत्पादन ब्लक कार्यक्रममार्फत आर्थिक बर्ष २०७५/७६ देखि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका विभिन्न क्षेत्रमा चियाको बोट रोप्न थालिएको छ।

चिया प्रशोधन केन्द्रले किसानलाई मिल्यो राहत

लालिगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठुलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपनि चिया कृषकहरुलाई राहत मिलेको छ।

चियागफले जन्मिएको पुस्तक : कर्णाली संक्षिप्त संस्कृति

चन्दननाथ नगरपालिका ५ का पुर्णसिंह कठायत चियाका सौखिन व्यक्ति हुन्। उनी एकाविहानै कर्णालीका्े प्रशिद्ध चन्दननाथ भैरवनाथ पछाडीको चिया पसलमा भेटिन्छन्,।

चिया, अलैंची र अदुवामा राजदूतको चासो

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।

समृद्धिका लागि सबै दल मिलेर अघि बढनुको विकल्प छैन्ः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।

चियापानले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउँछः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्।

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।

सोल्टी होटलमा चिया, इलाममा तरंग

चीनकै कोसेलीका रूपमा डेढ सय वर्षअघि नेपाल भित्रिएको इलामे चिया केही दिनअघि काठमाडौं आएका चिनियाँ राष्ट्रपतिको ‘डिनर मेन्यु’मा प-यो। जब राष्ट्रपति सी जिनपिङलाई इलामे चियाको चुस्की दिलाइयो, त्यसले चिया उत्पादनको राजधानी इलाममा चाहिँ आसलाग्दो तरंग सञ्चार गरिदिएको छ।

नेताहरूको सहकार्यमै जोड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्