६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।

नेकपाले आयोजना गरेको चियापानमा बोल्दै उनले भने, 'त्रिदेशीय साझेदारीमा जानु पर्छ भनेर भारत र चीन भ्रमणको क्रममा मैले भनेको थिएँ। अहिले त्यो दिशातिर हामी जाने आधार बनेको छ। टु प्लस वन भनेर मोदी र सीबीच कुरा भएकोले पनि त्यसलाई दर्शाउँछ। यसले समाजवादको यात्रालाई सहयोग पुर्याउने छ।'

भारतबाट पेट्रोलियम पाइपलाईन उद्घाटन गरिनु र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले यसलाई देखाउने दाहालको भनाई छ।

उनले सरकार आर्थिक समृद्धिको दिशामा भएको बताए। राष्ट्रपति सीले नेपाल अब भूपरेवेष्ठित होइन भूजडित हुने छ भन्ने भनाईले हामीलाई नयाँ युगमा प्रवेश गराउने विश्वास उनको छ। अन्तराष्ट्रिय सम्वन्धमा नयाँ आयाम थपिएको समेत दाहालले बताए।

सीको भ्रमणको समयमा भएका सहमतिले हामीलाई धेरै अगाडि लैजाने समेत उनको भनाई छ।

दाहालले संघीय लोकतन्त्रिक गणतन्त्र कुनै दल विशेषको सम्पत्ति नभएको बताउँदै यो सात दशक लामो संघर्षपछि प्राप्त हामी सबैको सम्पत्ति भएको बताए।

नेपाली जनताको विकास र समृद्धि हेर्ने आकंक्षालाई पुरा गर्न हामी अझै सुदृढ हुनु पर्ने बताउँदै दाहालले लोकतन्त्रलाई कसैले चुनौति दिन सक्दैन प्रष्ट्याए।

 

 

प्रकाशित: २९ आश्विन २०७६ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App