७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्धिका लागि सबै दल मिलेर अघि बढनुको विकल्प छैन्ः थापा

फाइल फोटाे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्। अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।

सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति पनि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताए।

अध्यक्ष थापाले दसैं, तिहारको अवसर पारेर सबै राजनीतिक दलहरुलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै सत्तारुढ नेकपाप्रति आभार पनि व्यक्त गरे।

प्रकाशित: २९ आश्विन २०७६ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App