अदालत जलेको होइन, नियोजित रूपमा जलाइएको हो : प्रधानन्यायाधीश राउत
‘कानुन व्यवसायीहरूबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको छ,’ उनले भने, ‘देशलाई कानुनविहीनता र न्यायप्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो,’ उनी भन्छन्, ‘५ हजार जति सरकारी वकिल कार्यालयसँग छ हामी ल्याउँछौं। अब अदालत नियमित काममा फर्किसकेको छ।’

