३ चैत्र २०८२ मंगलबार
image/svg+xml

२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ।

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

‘लेमन ट्री’ होटलको क्यासिनोमा प्रहरीको छापा, झन्डै दुई लाखसहित १३ जुवाडे पक्राउ

राजधानीको बुढानीलकण्ठ नगरपालिका-१ स्थित ‘लेमन ट्री’ होटलभित्र सञ्चालित गडुल क्यासिनोमा अवैध रूपमा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाजुरामा बाबु-छोरा मिलेर गरे एक व्यक्तिको ह'त्या

ढुङ्गा प्रहार गरी स्थानीय ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा प्रहरीले सोमबार बेलुकी बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता अब बन्द

प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता अब बन्द भएको छ । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रज्ञाप्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ जना आजीवन प्राज्ञ सदस्यको यो सुविधा अब रोकिने भएको हो ।

धेरै समय लाग्दैन, युद्ध छिट्टै सकिन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन्।

चुनावका कारण जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा उपनिर्वाचन के हुन्छ?

स्थानीय तहको कार्यकाल पूरा नहुँदै पद छाडेर संघीय संसद् पुग्ने लक्ष्यसहित चुनाव लडेका १४ जनामध्ये ११ जना पराजित भएका छन् भने तीन जना मात्रै विजयी भएका छन्।

इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

युक्रेनले इरानी आक्रमणको विरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ।

‘ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिनूहोस्, तत्काल कारबाही हुन्छ’

विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण १२० बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरेका छन्। इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन्।

इरानसँगको युद्धमा एक्लिए ट्रम्पः नेटो देशहरू भन्छन्-यो हाम्रो युद्ध होइन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुजको मार्गमा सहयोग गर्न अमेरिकी सहयोगीहरुमा पुनः आह्वान गरेका छन्।

१३.५१ अंकले बढ्यो नेप्से, १२ अर्बमाथि कारोबार

अघिल्लो दिन घटेको बजारमा आज जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदा कारोबार रकमसमेत बढेर १२ अर्ब नाघेको छ।

दोस्रो टी-२० मा साउथ अफ्रिकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जित

योसँगै पाँच खेलको सिरिज १-१ को बराबरीमा आएको छ। पहिलो खेलमा साउथ अफ्रिका ७ विकेटले विजयी भएको थियो।

अयोग्य खेलाडी खेलाएर मलेसिया कारबाहीमा पर्दा नेपाललाई तीन अंक

अयोग्य खेलाडी खेलाएको मलेसिया फुटबल संघ कारबाहीमा पर्दा नेपाललाई तीन अंक प्राप्त भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्