राप्रपाको समानुपातिक सूचीमा महिला विद्रोह
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तयार पारिएको बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। बन्दसूची सच्याउन माग गर्दै महिलाहरूको एक समूह आज पार्टी केन्द्रीय कार्यालय पुगेको हो।

