२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

ग्यास किन्न पाउने अवस्था बनाउन सांसदहरुको माग

राष्ट्रिय सभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन्।

बाढीले क्षतिग्रस्त ढुङ्गेबजार अवलोकन गर्दै पूर्वप्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

बाढीपीडितलाई इनड्राइभले गर्‍यो साढे ७ करोड सहयोग

इनड्राइभ नेपालका प्रतिनिधिले बुधबार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यो रकम करिब ५ लाख अमेरिकी डलर बराबर रहेको कम्पनीले जनाएको छ ।

पुनर्निर्माणमा ढिलाइ नगर्न सांसद आचार्यको आग्रह

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले भदौ २३ र २४ गतेको विध्वंसपछि निजी क्षेत्रले देखाएको पुनर्निर्माणको गति र राज्यका संरचनामा देखिएको सुस्तताबीच तुलना गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम बन्छु: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू जस्तोसुकै लचकता अपनाउन तयार रहेको बताएका छन्। तर, पार्टीभित्रका आन्तरिक कमी-कमजोरी सच्याउन भने आफू उत्तिकै निर्मम भएर प्रस्तुत हुने उनको प्रस्टोक्ति छ।

गेटमै बच्चा जन्मिएपछि अस्पतालको स्पष्टीकरण, उपचारबाट वञ्चित गरिएको होइन

प्रसवपीडामा रहेकी महिलाले गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटबाहिर शिशु जन्माएको घटनापछि अस्पताल प्रशासनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

अस्पतालको गेटमै शिशु जन्मिएपछि राजविराज अस्पतालमाथि प्रश्न

तत्काल रकम नभएकाले केही समयपछि रकम व्यवस्था गरेर तिर्ने भन्दै हरेरामले आग्रह गरे पनि उपचार अघि नबढेको र श्रीमतीलाई अस्पतालबाहिर निकालिएको आरोप लगाए।

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, प्रणाली पश्चिम सर्दै

देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। यो मौसमी प्रणाली क्रमशः पश्चिमतिर सर्दै गइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै

अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण तीव्र, भदौ अन्तिमसम्म सडक सञ्चालनमा ल्याइने

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।

कानुनमन्त्रीलाई रेणु चन्दले भनिन् सक्नुहुन्न भने कुर्सी छाड्नुस्

मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा असहयोग भएको अभिव्यक्ति दिएको भन्दै चन्दले त्यसप्रति आपत्ति जनाएकी हुन्।

खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन रास्वपाको माग

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या एक हजार ३७७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पाँच हजार १३० जना बेपत्ता रहेका छन्।

उद्योगमन्त्री यादवको राजीनामा व्यक्तिगत कारणले

मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको जनाएको हो।

संसद्‌मा उठ्यो पैसा अभावमा महिलाले सडकमै बच्चा जन्माएको विषय

प्रतिनिधिसभा बैठकमा महिलाले सडकमै बच्चा जन्माएको घटनाबारे कुरा उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्