रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढी प्रभावित क्षेत्रका कामलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताउँदै उनले थप जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक रहेको बताए।
उनले बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुग्ने गरी प्रेषित गर्न र विपद्मा फसेको र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउन माग गरे।
‘संयन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थासहित खोज उद्धार कार्यलाई अझ तीव्र बनाइयोस्,’ उनले भने,‘विपद् पश्चात्को पुनर्निर्माण सम्बन्धमा आगामी दिनमा बाढी पहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय, संरचना निर्माण नगरियोस्।’
प्रकाशित: २५ भाद्र २०८३ १४:२४ बिहीबार





