२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या एक हजार ३७७

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३७७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पाँच हजार १३० जना बेपत्ता रहेका छन्।

त्यस्तै १३ हजार ६५६ जनाको उद्धार गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा कुल २१ हजार ६३ जना सुरक्षाकर्मी खटिएको प्राधिकरणले जानकारी गराएको छ।

प्राधिकरणका अनुसार प्रभावित जिल्लामा सडक तथा हवाइमार्गबाट खाद्य तथा गैरखाद्य राहत सामग्री पठाउने काम पनि जारी छ। स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट २०८३

मिति : २०८३ भदौ २५ गते, बिहान ११:०० बजेसम्म

यो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा तयार गरिएको हो।

नेपाल सरकार
गृह मन्त्रालय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
सिंहदरबार, काठमाडौं

मानवीय क्षति
मृत्यु संख्या विभिन्न मानव अङ्ग सहित

चितवन ३६४
नवलपरासी पूर्व २२८
नवलपरासी पश्चिम २२२
नुवाकोट १९८
रसुवा १७८
गोरखा ७७
धादिङ ७०
तनहुँ ३८
काठमाडौंमा उपचारको क्रममा २

कुल मृत्यु १,३७७

उपचार ३३३
विभिन्न १९ वटा अस्पतालमा

डिस्चार्ज २५६

नेपाली सेनाबाट स्वास्थ्य उपचार भएको संख्या : ३,५५९

सशस्त्र प्रहरीबाट स्वास्थ्य उपचार भएको संख्या : ३,६०६

सम्पर्कविहीन विदेशी नागरिक तथा विदेश बस्ने नेपालीहरू, उपचाररत व्यक्तिहरू र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा हेर्न सकिन्छ।

नेपाली सेना
हवाई उडान १,३४८

२७२
सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रभावित क्षेत्रमा भएका उडान

बेपत्ता

विदेशी नागरिक ५८७

रसुवा
स्थानीय बेपत्ता १,३९३
अन्य जिल्लाबाट रसुवा गई बेपत्ता १,२८६
नेपाली सेना ४५
नेपाल प्रहरी २५
सशस्त्र प्रहरी १२
सरकारी कर्मचारी ७३
बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६

नुवाकोट
स्थानीय बेपत्ता ६५१
अन्य जिल्लाबाट नुवाकोट गई बेपत्ता १,१३६

कुल बेपत्ता ५,१३०

हालसम्म सनाखत भएका शवको संख्या १०४ घटाइएको

कुल उद्धार १३,६५६

३७ होल्डिङ सेन्टर

हाल होल्डिङ सेन्टरमा रहेका

नुवाकोट : २,६१५
रसुवा : ७७५
धादिङ : २९५

२१,०६३
कुल सुरक्षाकर्मी परिचालन

नेपाली सेना ८,८८५
नेपाल प्रहरी ७,९७५
सशस्त्र प्रहरी बल नेपाल ४,२०३

नेपाल सरकारबाट नगद राहत

रसुवा १ करोड
नुवाकोट १ करोड
धादिङ ५० लाख
प्रभावित १५ पालिका १३ करोड ५० लाख

राहत सामग्री वितरण

सडक र हवाईमार्गमार्फत खाद्य र गैरखाद्य सामग्री प्रभावित जिल्लामा निरन्तर पठाइएको। सोको विस्तृत विवरण प्राधिकरणको सेतु एपमा राखिएको छ।

राहत सामग्री व्यवस्थापनमा सरकारी/गैरसरकारी/निजी/विकास साझेदार तथा नागरिक समाज लगायतको निरन्तर सहयोग रहेको।

इन्धन मौज्दात
लिटरमा

डिजेल ४८ हजार
पेट्रोल २२ हजार
हवाई इन्धन ९ हजार

४५७ ग्यास सिलिन्डर अनुदान पठाइएको

मनोसामाजिक परामर्श

स्वास्थ्य मन्त्रालयमार्फत १५० जना भन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको।

डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २ वटा फोटो र नाता प्रमाणितसहित नमुना दिन सकिने।

सम्पर्कविहीनको उल्लेखित संख्यामा पहिचान नभएका शवहरू एवम् उद्धार गरिएका व्यक्तिहरू पनि समावेश भएको हुनसक्ने। उक्त तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ।

प्रकाशित: २५ भाद्र २०८३ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App