उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको जनाएको हो।
राजीनामापछि मन्त्री यादवको सचिवालयले आफ्नो कार्यकालमा सहयोग, सहकार्य र सद्भाव प्रदान गर्ने सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेको छ।
सचिवालयले मन्त्री यादवका गतिविधि, मन्त्रालयका निर्णय तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्याउन सञ्चारमाध्यमले निरन्तर गरेको सहयोग र सकारात्मक सहकार्यका लागि धन्यवाद दिएको छ।
छोटो समयको सहकार्यका क्रममा समाचार सम्प्रेषणदेखि सूचना आदानप्रदानसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने पत्रकार, सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति सचिवालयले सम्मानसहित धन्यवाद व्यक्त गरेको छ।
प्रकाशित: २५ भाद्र २०८३ १४:१६ बिहीबार





