११ माघ २०८१ शुक्रबार
image/svg+xml

भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमा क्षेत्र, प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त

काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।

दलितप्रति अनुदार कर्णाली सरकार

दलित अधिकार ऐनको मस्यौदा बनेको छ वर्षसम्म यो वा त्यो बहानामा अड्काएर राख्नुले प्रदेश सरकारको भूमिकामाथि प्रश्न उब्जिएको छ।

पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ।

कुलमानलाई सरकारको स्पष्टीकरण : तपाईंको नियुक्ति किन अन्त्य नगर्ने?

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने संकेत गरेको छ।

पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै, चिसोबाट बचाउन तातोपानीले स्नान गराइने

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ। बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ। बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो।

राहदानी बोलपत्रमा प्रतिस्पर्धा सीमित गराएको आरोप

राहदानी विभागबाट राहदानी छपाइका लागि गरिएको बोलपत्रमा समेटिएको विवादास्पद प्रावधानमाथि प्रक्रियामा सहभागी कम्पनीहरूले समेत प्रश्न उठाएका छन्।

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार प्रधानमन्त्री र लिबरल पार्टीका नेता दुवै पदबाट राजीनामा दिएका छन्।

भारतमा भ्रष्टाचारविरुद्ध बोल्ने पत्रकारको हत्या, मुख्य अभियुक्तसहित चारजना पक्राउ

उनको शव स्थानीय ठेकेदार सुरेश चन्द्रकारको सेप्टिक ट्याङ्कमा क्षत–विक्षत अवस्थामा फेला परेको थियो।

‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ।

मधेस प्रदेशका तत्कालीन सचिव डा.सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

सहकारीहरूले हामी ठीक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठीक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन्।

अर्घाखाँचीमा ४९० मिलिग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ

अर्घाखाँचीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्